

माघैमा असार मसान्तको झल्को !
कर्मचारी समायोजन भएपछि हिँडिहालिन्छ भनेर आषाढ मसान्त माघमा नै सरेको भान भएको छ ।
-
काठमाडौं ।
अहिले बिभिन्न स्थानीय सरकारमा पुष माघमानै आषाढ मसान्तको झझल्को देखिन थालेको छ । कर्मचारी समायोजनपछि अन्यत्रै सरुवा हुने भन्दै कर्मचारीले अप्रत्यासित खरिद भुक्तानीको सकृयता बढाएका छन् । खर्चको सन्तुलनमा जनप्रतिनिधिले पनि कर्मचारीलाई सहयोग गरेको देखिएको छ । प्राय कर्मचारीलेनै खर्चको ब्यवस्थापन गर्ने हुँदा पनि यसमा कर्मचारी हावी भएको संकेत स्पष्ट देखिन्छ ।
News Desk 0 response बुधबार, माघ १६, २०७५
‘स्थानीय सरकारहरुमा पौष माघमामै आषाढ मसान्तको झझल्को देखिएको छ’–गाउँपालिका महासंघका एक कर्मचारी भन्छन्,यसलाई रोक्न अनुगमन आवश्यक छ ।’ स्थानीय सरकारहरुमा अप्रत्यासित रुपमा खरिद तथा भुक्तानीको सकृयता बढ्दा आषाढ मसान्तको झल्को आइरहेको उनको भनाई छ । कर्मचारी समायोजन भएपछि हिँडिहालिन्छ भनेर आषाढ मसान्त माघमा नै सरेको भान भएको छ । यसका लागि जनप्रतिनिधि सचेत हुनु पर्ने स्थानीय सरकारका जानकार अधिवक्ता भेषराम ढकाल बताउँछन । कर्मचारीले जता लता¥यो उतै लतारिने काम जनप्रतिनिधिले गर्न नहुने उनको भनाई छ । ‘नीति र बिधिले मिल्ने काममा पनि कर्मचारीले अंकुश लगाएको धेरै घटना देखिएको छ । तर, अहिले खरिद र भुक्तानीको क्रम धेरै देखिएको छ । यसमा सवै पक्ष चनाखो हुनु आवश्यक रहेको छ’ राष्ट्रिय सतर्कता केन्द्रमा लामो समय काम गरेका अवकाश प्राप्त सहसचिव शेरबहादुर ढुंगाना बताउँछन् । उनले पनि
खर्चको सन्तुलन कायम गर्न जनप्रतिनिधिहरु सचेत हुनु पर्ने सुझाव दिए । यस बारेमा गाउँपालिका राष्ट्रिय महासंघले पनि चासो राखेको स्रोतले जानकारी दियो । कमचारीको बिकृत कार्यलाई रोक्न महासंघले बिभिन्न कार्य पनि गर्दै आएको छ । तर, कर्मचारी र जनप्रतिििनधिको पनि यसमा मिलोमतो हुने गरेको कतिपय घटनाले देखाएको छ ।
-जनप्रशासन पाक्षिकवाट

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



