

-
प्रदेश पाँच सरकारद्वारा खरिद गरिएका गाडीमा अनियमितता भएको भन्दै त्यसको छानबिनका लागि कार्यालयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । , ‘कार्यालयले मागेका विवरण आउने क्रम जारी छ, सम्बन्धित निकायबाट विवरण प्राप्त भइसकेपछि छानबिन सुरु हुने अख्तियारले जनाएको छ ।
गाडी खरिदका विषयमा प्रदेशसभाको सार्वजनिक लेखा समितिले पनि उपसमिति गठन गरी छानबिन गरिरहेको छ । आयोगले छुट्टै छानबिनका लागि प्रमाणित प्रतिलिपि माग गरेको र सबै प्रक्रियाबाट छानबिन अघि बढाइने उनले बताए ।
प्रदेश ५ को प्रदेशसभा सचिवालयले ११ र अन्य मन्त्रालयले ४ गरी १५ सफारी स्ट्रोम गाडी खरिद गरेका थिए । प्रयोग गर्न थालेको छोटो समयमै बिग्रन थालेपछि र कम्पनीको बजार मूल्यभन्दा बढीमा प्रदेशसभा र मन्त्रालयले गाडी खरिद गरेको देखिएपछि अनियमितताको आशंका बढेको थियो ।
बजार मूल्यभन्दा बढीमा गाडी खरिद गरेको देखिएपछि लेखा समितिले सुरु गरेको छानबिनको प्रारम्भिक प्रतिवेदनले खरिद प्रक्रिया मिलाइएको भए पनि खरिदकर्ताको ‘नियतमा शंका’ गर्ने पर्याप्त आधार देखिएको भन्दै थप विज्ञसहित अध्ययन गर्नुपर्ने उल्लेख गरेको छ ।
समितिले अहिले पनि विज्ञसहित समितिमा ३ सदस्य थप गरी छानबिन गरिरहेको छ । प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा बैजनाथ जैयसवाल र कल्पना पाण्डे सदस्य रहेको अध्ययन उपसमिति बनाएको थियो । त्यसमा बसिउद्दिन खाँ, रेवतीरमण शर्मा र गीता थापालाई थप गरी अहिले छानबिन गरिरहेको छ ।
प्रदेशसभा सचिवालय र सरकारले चालु वर्षमा मात्र २५ करोड बढी मूल्यका सवारीसाधन खरिद गरेको छ । तीमध्ये ४३ सवारीसाधन चारपांग्रे छन् । एउटै आवमा खरिद गरिएका एकै प्रकृतिका गाडीको मूल्य सचिवालय र मन्त्रालयअनुसार फरक रहेको कान्तिपुरले लेखेको छ ।
News Desk 0 response मङ्लबार, माघ १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



