

-
(रासस)अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् ।
देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् ।
तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन् ।
तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र प्रान्त नै आफूहरुको नियन्त्रणमा आइसकेको दाबी गर्नुभयो । “अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ”, प्रवक्ता मुजाहिदले भन्नुभयो । आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन । पञ्जशिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ ।
विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन् । पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ ।
भिडन्तका क्रममा अरु कैयाँैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन । काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरुले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् ।
पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो ।
बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्नसक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरुले कब्जामा लिन नसकेको बताइन्छ ।
News Desk 0 response सोमवार, भदौ २१, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


