

-
(रासस)
लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दबेबाले दक्षिणी त्रिपोलीमा केही दिनअघि आफ्नै समूहविरूद्ध हतियार उठाएको सुरक्षाफौजलाई ‘दण्डित गरिने’ बताउनुभएको छ ।
सरकारी अधिकारीका अनुसार दबेबाले राजधानी त्रिपोलीमा आफ्नो सरकारका वरिष्ठ सुरक्षा तथा सैन्य अधिकारीहरूसँगको बैठकमा भन्नुभयो, “यो कार्य कदापि राज्यलाई स्वीकार्य हुन सक्दैन ।
जसले आफ्नै सहकर्मीविरूद्ध दक्षिणी त्रिपोलीमा गोली चलायो उनीहरू सजायको भागी हुनुपर्छ ।” उक्त घटनाबारे आवश्यक निर्णयहरू गर्न सकियोस् भनेर दबेबाले एक हप्ताभित्र आफ्नो निष्कर्ष प्रस्तुत गर्नेगरी समिति गठन गर्ने निर्देशन दिनुभएको छ ।
दक्षिणी त्रिपोलीको सैनिक शिविर नजिकै बिहीबार राति दुई सरकारी सुरक्षाकर्मीबीच झडप भएको थियो । घटनामा के कति क्षति भएको भन्नेबारे सेनाले सार्वजनिकरूपमा भनाइ ल्याएको छैन ।
शुक्रबार लिबियाको राष्ट्रपतिको कार्यालयले उनीहरूलाई तत्काल युद्ध विराम गर्न र सबै सेनालाई आफ्नो मुख्यालयमा फर्काउने आदेश दिएको थियो । लिबियास्थित संयुक्त राष्ट्र संघीय सहयोग मिशनले शुक्रबार नै द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै तत्काल वैमनस्यता बन्द गर्न आह्वान गर्नुका साथै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको थियो ।
सन् २०११ मा नेता मुअमर गद्दाफीको पतन भएदेखि लिबिया असुरक्षा र अराजकताको शिकार बनिरहेको छ ।
News Desk 0 response आइतवार, भदौ २०, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


