

-
भरतपुर ।
उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन्। भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए। ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन।’ नयाँ राज्य व्यवस्थामा कानुन र संरचना नबन्दा समस्या भएको भन्दै उनले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानुनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए। फागुनभित्रै कानुन निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै उनले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको छ तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने जिकिर गरे। शनिबार सम्पन्न हुने बैठकले सङ्घीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ। देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी भरतपुरमा भेला भएको सङ्गठनका जिल्लाअध्यक्ष फणिन्द्रप्रसाद खनालले जानकारी दिए।
News Desk 0 response शनिबार, पुस २८, २०७५

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



