

-
काठमाडौं ।
जलवायु परिवर्तनको असरले बिश्वमा धेरै समस्या पारेको छ । नेपालजस्तो अविकसित मुलुकले विनाकारण बिकसित देशले उत्सर्जन गरेको कार्बनको मार खेप्नु परेको छ । सोही समस्यालाई समाधान गर्न सिन्धुपाल्चोकमा तीन दिनसम्म सम्मेलन आयोजना गरियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेको यो सम्मेलनले दश बुँदे घोषणापत्र जारी गरेको छ । जिल्ला समन्वय समिति महासंघको आयोजनामा भएको यो सम्मेलनमा देशभरका जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागीता रहेको थियो । सिन्धुपाल्चोक जिल्ला जलवायु परिवर्तनको असरमा अग्रभागमा नै पर्ने भएका कारण सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले मुख्य ब्यवस्थापन गरेको थियो ।
तीनदिने सम्मेलनले जारी गरेको घोषणापत्र यस प्रकार छ ।प्रथम राष्ट्रिय जलवायु सम्मेलन २०७५
News Desk 0 response बुधबार, पुस १८, २०७५
सिन्धुपाल्चोक गुफाडाँडा घोषणापत्र
१, जलवायु परिवर्तन तथा यसले पारेको असर वारे बैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिबृद्धि जोड दिने ।
२, जलवायु परिवर्तन र यसको प्रभावको वारेमा बिस्तृत बैज्ञानिक तथ्य तथा वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिका जलवायु मापनकेन्द्र स्थापनाका लागि पहल गर्ने ।
३, जलवायु परिवर्तन र यसले मानव जीवनमा पारेको नकारात्मक असरहरुको सन्दर्भमा उक्त समस्या र असरउपर भरपर्दो जानकारी र सूचना लगायत क्षेत्रगत तथा बिषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन हरेका जिल्ला समन्वय समितिले समन्वयकारी भूमिकाको लागि पहल गर्ने ।
४, समुदायमा आधारित जलवायु अनुकूलन तथा न्युनीकरणको उपायहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको तर्जुमा तथा त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय,प्रदेश तथा स्थानीय सरकार, नीजी क्षेत्र गैरसरकारी स.स्थाको समन्वयकारी भूमिकामा जोड दिने ।
५, जलवायु परिवर्तन तथा वातावरणीय अनुकूलन प्रबिधि विकास र उपयोग तथा आवश्यक जनशक्तिको क्षमता अभिबृद्धि गर्नए बिशेष कार्ययोजना निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्न सवै तहको सरकारसँग जिल्ला समन्वय समितिले सहकार्य गर्ने ।
६, जलवायुका कारण उत्पन्न जोखिम तथा प्राकृतिक प्रकोपको न्यूनिकरणको लागि स्थानीय अनुकूलन योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय तहमा नीति कार्यान्वयनको लागि आवश्यक कानुनी ब्यवस्था लागू गर्न जोड दिने ।
७, जलवायु परिवर्तन सम्वन्धी महासन्धिको केन्द्रबिन्दूमा स्थानीयवासिन्दा रहेकाले बातावरणीय तथा जलवायु परिवर्तनका मुद्धाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पैरवी गर्दा स्थानीय समस्या तथा गरिएका समाधानका प्रयासलाई जोड दिने ।
८,राष्ट्रिय,प्रादेशिक र स्थानीय रणनीति, नीति तथा योजनाहरु बनाउँदा जलवायु परिवर्तनलाई बिशेष जोड दिँदै जलवायु कोषको ब्यवस्थ ागर्ने र कार्यान्वयनमा पारदर्शिता ल्याउने ।
९, वातावरणलाई बिगारेर हेैन सिंगारेर गरिनु पर्छ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै जलवायुमैत्री विकासलाई प्रवद्र्धन गर्ने ।
१०, जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्र संघीय खाका महासन्धी सम्मेलन पूर्व नेपालको तयारीको रुपमा राष्ट्रिय जलवायु सम्मेलनको निरन्तर आयोजना गर्ने ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



