

-
काठमाडौं । तातोपानी भन्सार प्रमुख हुँदा निर्मलहरि अधिकारीको भान्से थिए, नवराज तिमिल्सिना उर्फ ‘होमप्रसाद’ । त्यस अघि भन्सारको ‘यार्ड’ सफाईको काम गर्ने होमनाथ एकाएक ब्यापारमा छिरे । उनलाई देखिजान्नेहरु भन्छन्,‘रातारात करोडपति बनेका यिनको आर्थिक हैसियत कसरी बन्यो अचम्ममा छौं ।’
हेर्दा अति भद्र र इमान्दार देखिने अहिले अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख रहेका सहसचिव निर्मलहरि अधिकारीले उनै नवराज तिमिल्सिना(होमप्रसाद ) मार्फत लगानी बढाए । भन्सार र राजस्वमा आएको समस्या समाधान गर्ने गोप्य योजनामा संलग्न हुनुवाहेक अधिकारीको यहाँ कुनै संलग्नता देखिदैन । तर, नवराजले बेलुकीको बसाईमा यही गुह्य कुरा खोलेपछि भने निर्मलहरि अधिकारीलाई चिन्नेहरु जिब्रो टोक्न थालेका छन् । निर्मलहरिले नवराजको नाममा ब्यापारिक फर्म खोलेर भ्रष्ट्राचारबाट आर्जित करोडौं रकम लगानी गरेका छन् । ब्यापारिक फर्म खोलेको ७–८ बर्षको बीचमा तिमल्सिनाको प्रगति २५–३० बर्ष ब्यापार गरेका ठूला ब्यापारीहरुको भन्दा धेरै गुणा बढी छ । उनी हिमालय सीमापार बाणिज्य संघको महासचिवको उम्मेदवार बन्दा पनि करोडौ रुपैयाँ लगानी गरेका थिए । जुनियर ब्यापारी भएपनि ब्यापारमा सहयोग गर्ने भन्दै उनै निर्मलहरिले बिभिन्न ब्यापारीसँग लबिङ गरेर नवराजलाई भोट मागेका थिए । सोही लबिङका कारण नवराज हिमालय सिमापार बाणिज्य संघको महासचिव पनि बनेका थिए । तिमल्सिनाको सम्पत्तिको स्रोत खोज्ने हो भने त्यो सहसचिव अधिकारीसँग सोझै जोडिन्छ, तातोपानी रुटमा ब्यापार गर्ने एक ब्यापारीले भने, तातोपानी बन्द भएपछि रसुवाको नाकामा पनि तिमल्सिनाको दबदबा छ । राजस्व अनुसन्धान विभागले ४ महिनाअघि न्यून बिजकीकरण गरी ल्याइएका ब्रान्डेड जुत्ताहरु लोड भएको १९ वटा कन्टेनर बरामद गरेको थियो । ती सामान पनि तिमल्सिनाकै थिए । २०५८ मा अख्तियारले पक्राउ गर्न खोज्दा भागेका भरत सुवेदी तातोपानी भन्सार प्रमुख हुँदा सहसचिव अधिकारी भन्सार अधिकृतका रुपमा गएका थिए । सुवेदीले नै उनलाई लगेका थिए । पछि उनी तातोपानी भन्सार प्रमुख भए । त्यसपछि उनी सहसचिव बढुवा हुनासाथ २०६९–०७० मा राजस्व अनुसन्धान विभागको महानिर्देशक भए । उनलाई अख्तियारबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले नै राजस्वको महानिर्देशक बनाएका थिए । त्यसपछि लोकमान र निर्मलहरिको सेटिङमा रसुवा र तातोपानी भन्सारबाट नवराज तिमल्सिनाहरुले एकछत्र तस्करीको लाइन चलाएर अरबौंका सामान आयात गरेको त्यतिबेलाको रजगज देखेका ब्यापारी बताउँछन् ।
ती ब्यापारीले त्यतिबेलाको तिमल्सिनाको चकचकीबारे भने–‘त्यतिबेला उनका कन्टेनरहरु लोकमान र निर्मलहरिको डरले कसैले पनि चेक गर्ने हिम्मत गर्दैनथे । जति र जे सामान ल्याए पनि तिमल्सिनाले जे ल्याएको भन्थे, त्यही लेखेर भन्सार शुल्क लिने गरिन्थ्यो । भित्र सुन र बहुमूल्य सामान ल्याए पनि कसैले पनि चेक गर्न आँट गर्दैनथे । आखिर अख्तियार र राजस्व अनुसन्धानका प्रमुखको सामान कसले छुने ? दस्तुरी समेत कर्मचारीले माग्ने हिम्मत गरेनन् ।’
बिभिन्न ब्यापारिक फर्ममा अबैध लागनी गरेका रसुवा भन्सारमा करिब अढाइ बर्ष कार्यरत केदार पनेरु पनि छानबिनको दायरामा छन् । उनले पनि तिमिल्सिना मार्फत काम गरेको स्रोत बताउँछ । उनको कार्यकालमा भूकम्पका कारण तातोपानी नाका बन्द भई चीनबाट आयात हुने सामान रसुवा भन्सारबाटै भएको थियो । उनको अढाइ बर्षे कार्यकालमा उनी र तत्कालीन अख्तियार प्रमुख दीप बस्न्यातका भाइ श्याम बस्नेत मिलेर न्यून बिजकीकरण गरी करोडौं रुपैयाँ कमाएको स्रोत बताउँछ । पनेरुको कार्यकालमा रसुवा भन्सारबाट १५ लाख भन्सार शुल्क तिर्नुपर्ने कन्टेनरको न्यून बिजकीकरण गरी बढीमा १ लाख रुपैयाँसम्म तिरेर अरबौं रुपैयाँको सामान आयात भएको थियो ।
सहसचिव अधिकारीदेखि बिराटनगर भन्सारका हालका प्रमुख मिमांस अधिकारी, पूर्व भन्सार प्रमुख कृष्णबहादुर बस्नेत, भैरहवा भन्सारका प्रमुख भूपाल श्रेष्ठ, बीरगंज भन्सारका पूर्व प्रमुख सेवन्त आचार्य, रसुवा भन्सारमा बसेका भन्सार अधिकृत श्याम बस्नेत, लक्ष्मण बाँस्तोला लगायतका कर्मचारीको अकूत सम्पत्तिमा पनि अख्तियारले सुक्ष्म छानबिन गरिरहेको छ । उनीहरुले उनै निर्मलहरिको लाईनमा काम गर्ने गरेको त्यहाँ आवद्ध ब्यापारीहरु बताउँछन् । सो फर्मको सामान आउनासाथ चेकजाँच छिटो हुने अन्य सामान्य ब्यक्तिको सामान आउँदा खास मतलव नगर्ने भन्सार प्रमुखहरुले लाईनमा अकुत सम्पति कमाएका हुन् । केही समय अघि ना ६ ख ६६५२ नम्वरको कन्टेनर अवैध सामानसहित नियन्त्रणमा लिएको थियो । सो सामान नवराजकै थियो । बिभागले सो सामानको मूल्य पौने सात करोड तोकेको थियो । तर, यो सामान नवराजले आफ्नोमात्र नभएको बताएर हिँडेका थिए । यो प्रकरणमा अधिकारीको निक्कै दौडधुप रहेको थियो । नवराजलाई सक्ष्मरुपमा अनुसन्धान गर्ने हो भने सहसचिव अधिकारीलगायतको संलग्नता देख्न सकिने यस क्षेत्रका ब्यापारीहरु बताउँछन् ।जनप्रशासन पाक्षिकवाट
News Desk 0 response बुधबार, पुस ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



