

-
काठमाडौं । जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरु रहेका छन् । प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारीसहित चार जना नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरी छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले मंसिर २८ गते पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महावीर मण्डलसहित जनकपुर उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर–५ बस्ने ४९ वर्षीया गंगा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर–४ बस्ने हेमन्तकुमार पाण्डेलाई नक्कली नागरिकता बनाई बेच्ने गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेका थिए।
पक्राउ पर्नेमध्ये गंगा साह औरही गाउँपालिकाका वडा सदस्य पनि हुन्। पक्राउ परेका विरुद्ध लिखत कीर्ते, नागरिकता ऐन, संगठित अपराध ऐनको कसुर ठहर्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
प्रशासनले गिरोहमा कर्मचारीसहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीव्र बनाएको छ।
News Desk 0 response सोमवार, पुस २, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



