

बुद्धिजीवी मान्छेनै भ्रष्टाचारमा लिप्तः प्रधानमन्त्री
बेश्यावृत्तिभन्दा पनि भ्रष्टाचार खराबः प्रमुख आयुक्त
-
काठमाडौं । भ्रष्टाचारको बिपक्षमा रहेकाहरु बाट पनि भ्रष्टाचार भईरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताए ।
ओलीले कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने बताए । उनले सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ । ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो देखिदैन,’ उनले भने, ‘मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।’
बेश्यावृत्तिभन्दा पनि भ्रष्टाचार खराबः प्रमुख आयुक्त
सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको दावी गरेका छन् । अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयन गर्ने कोसिस गर्ने उनले बताए । त्यसका लागि निर्मम तरिकाले जाने उनको भनाइ छ ।सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नै अनुकुल समय भएको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि कानून, शिक्षा, र संरचनाको आवश्यकता छ । त्यो सबै अहिले हामीसँग छ । त्यसकारण अहिले नियन्त्रणका लागि अनुकुल समय छ’ उनले भने ।
News Desk 0 response आइतवार, मंसिर २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



