• काठमाडौं । गएको २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण देखिएको छ भने यसकै कारण थप ६ को मृत्यु भएको छ । यस अवधिमा ३ हजार ८२८ वटा नमूनाको पीसीआर परीक्षण भएको उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । त्यस्तै अहिलेसम्म संक्रमणकै कारण ज्यान गुमाउने १ हजार ८२५ जना पुगेका छन् ।

    मन्त्रालयका अनुसार आइतबार मात्रै ७३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म कोरोना जितेर निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । हाल कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ पुगेको छ ।