-
बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ ।
खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिएका छन् ।
स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए ।
सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउनेगरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाई थियो ।
कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
उनले भन्नुभयो, आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।
उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिए ।
त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उनले बताएका थिए । सिन्ह्वा
News Desk 0 response मङ्लबार, पुस ७, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३