

-
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीका रूपमा उनको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उनको कार्यालयले मङ्गलबार जनाएको छ ।
भ्रमणका क्रममा उनले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनका भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम छ । भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिनेछ ।
अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरूः क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।
प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउनु रहने बताइएको छ ।
बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले बे्रक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको छ ।
भ्रमणबारे जोनसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“मेरो अर्को वर्ष हुने भारत भ्रमण विश्वव्यापी बेलायतको लागि एक उत्साहजनक सुरुवात हुनेछ । म यति वेला हाम्रो सम्बन्धलाई कडा परिवर्तनका लागि हुने सम्बन्ध विस्तारका रूपमा लिएको छु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा सफलता दिन प्रतिवद्धता व्यक्त भइसकेको छ ।”
बेलायतको आयोजनामा गत हप्तान्तमा सम्पन्न जलवायु सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जोनसनले भारत भ्रमण गर्न लागेका हुन् । रासस/एएफपी
News Desk 0 response मङ्लबार, मंसिर ३०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



