

-
न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।
सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ ।
फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ । फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोभिड–१९ को खोप सहज र सुलभ रुपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरुले विशेष रुपमा ध्यान दिने विश्वास पनि व्यक्त गरेकी छन् ।
फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने पनि जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अहिले हामीसँग यस वर्षको शुरुमा अपेक्षा गरिएको भन्दा खोपहरुको विकास निकै तिब्र गतिमा भएको छ । तर यी नवीन खोज सबैको पहुँचमा उपलब्ध भएमा मात्र त्यसले सार्थक नतिजा दिन सक्दछ ।”
कोभिड–१९ विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ । एजेन्सी
News Desk 0 response बिहिबार, मंसिर २५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



