

-
अघिल्लो आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए। उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंका घरघरमा पानी पुर्याउने समितिको बैठकमा वोलेका थिए ।
त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले दसैं अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन्।मन्त्री र सचिवले आआफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको वास्तविकता भने भिन्न छ। मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी आउने अवस्था देखिएन ।
अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडानलगायतका काम बाँकी रहेको देखिएको थियो।
बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष्य आयोजनाले लिएको छ।
मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटकपटक समय थप हुँदै आएको छ। सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले गरेको स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नदेखिएको समितिका एक सदस्यले बताए ।
News Desk 0 response बुधबार, मंसिर १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



