• काठमाडौं । आइतबार देशभरबाट थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ६ हजार ४९५ वटा नमूनाको परीक्षण भएकामा उक्त संख्या नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । यीसँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । त्यसैगरी यसै अवधिमा थप १७ को पनि मृत्यु भएको उनले पुष्टि गरेका थिए । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्रै ४८४ जना रहेको प्रवक्ता डा. गौतमले बताए ।

    मन्त्रालयका अनुसार आज १ हजार ७५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा निको भई घर फर्कनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । बाँकी सक्रिय संक्रमित १३ हजार ५८२ पुगेका छन् । देशभर अहिले क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका मन्त्रालयले बताएको छ ।

    सरकारी तथ्यांक अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु भएका छन् ।