• काठमाडौं । गएको २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण र यसकै कारण थप १० जनाको मृत्यु भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको छ । यसरी अहिलेसम्म नेपालमा संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यसै अवधिमा २ हजार २०६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । बाँकी सक्रिय संक्रमित १४ हजार २५५ पुगेका छन् भने कोरोनाकै आशंकामा देशभरका क्वारेन्टाइनमा ५३६ जना रहेका छन् ।

    २४ घण्टामा जम्मा ६ हजार ७४ वटा नमूनाको पीसीआर परीक्षण भएका पनि मन्त्रालयले प्रकाशित गरेको छ । हालसम्म नेपालमा पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् ।