• काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीमध्ये ३ सय ५९ पुरुष र महिला २ सय ४७ छन् । यसरी संक्रमण देखिनेमा काठमाडौंमा ४ सय ४०, ललितपुरमा १ सय २५ र भक्तपुरमा ४१ जना रहेका छन् ।

    मन्त्रालयले शुक्रबार प्रकाशित गरेको विवरण अनुसार २४ घण्टामा उपत्यकासहित देशभरबाट १ हजार २ सय ७२ जना संक्रमित भएका छन् भने यसै अवधिमा थप १६ को यसैसँग सम्बन्धित कारणले मृत्यु भएको छ । त्यसैगरी आज नै १ हजार ५ सय ७५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

    यस अवधिमा ८ हजार ३१ वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । अहिलेसम्म नेपालमा १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण भइसकेको छ ।