• काठमाडौं । विगत २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । जसमा पुरुष ९२५ रमहिला ५६५ रहेका छन् । मन्त्रालयको कोभिड–१९ पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो अवधिमा ८ हजार ३०० वटा नमूनाको पीसीआर परीक्षण भएको उक्त संख्या नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    त्यसैगरी बुधबार थप ९ जनाको संक्रमणका कारण मृत्यु भएको सो अवसरमा प्रवक्ता डा. गौतमले पुष्टि गरेका थिए । यसरी अहिलेसम्म कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको उनले जानकारी दिएका थिए ।

    आजै १ हजार ५६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्कने २ लाख १८ हजार १६१ जना पुगेको पनि मन्त्रालय बताएको छ । यो कुल संक्रमितमा निको हुने दर ९२ प्रतिशतभन्दा बढी हो ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरी सक्रिय संक्रमितको १६ हजार ५४७ रहेका छन् भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ६०५ पुगेको छ ।