• काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ । मन्त्रालयको अनुसार यस अवधिमा ८ हजार ५८३ वटा नमूनाको पीसीआर परीक्षण भएको उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको हालसम्म संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

    त्यसैगरी यसै अवधिमा थप २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेहरु १५ सय २९ पुगेका छन् ।

    अहिलेसम्म कोरोनामुक्त भएर घर फर्कनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । मंगलबारमात्रै २ हजार ७३ जना डिस्चार्ज भएका मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा अहिले सक्रिय संक्रमित १६ हजार ६ सय ३३ पुगेको छन् भने कोरोनाकै आशंकामा देशभरका क्वारेन्टिनमा ६१६ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।