• काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेमा २ सय ८५ महिला र ३ सय ६० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ८५, ललितपुरमा १ सय २४ र भक्तपुरमा ३६ जनामा रहेका छन् ।

    यीसहित मुलुकभरबाट २४ घण्टामा १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् भने थप १९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ५ सय १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।