

-
प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भअघि तामझाम किन भन्नेहरुलाई सरकार देखाउन गरिएको जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको बताए। सरकार देश बनाउन हो। त्यो काम सरकार गर्दैछ, प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रतिपक्षी नेपाली कांग्रेसप्रति पनि कडा सुनिए। केही दिनअघि कांग्रेसको तर्फबाट आएको सरकार कहाँ छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, सरकार खोज्नेहरुलाई म भन्न चाहन्छु– अझै देख्नुभएनरु अब चस्मामा पावर थपिइरहनुपर्दैन। सरकार त्यतिकै देखिन्छ।
प्रधानमन्त्रीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुस्ख पाएका जनतालाई सोध्न आग्रह गरे। उनले केही दिनमा आउने मेलम्चीको पानीले सरकार कहाँ छ भन्ने जवाफ दिने बताए।
उनले जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने बताए। सरकार बनेको ९ महिना भइसक्यो, एयरपोर्ट किन बनेन भन्छन्, उनले भने, ९ महिनामा दुनियाँमा कहाँ एयरपोर्ट बनेको छ
प्रधानमन्त्रीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता दोहोर्याए। जनता निराश हुनु पर्दैन। हुन दिइँदैन। यो देशमा जनताले जे चाहेको छ, त्यही भएको छ, राणा शासन फालेकोदेखि नेकपा बनेकोसम्म उदाहरण दिँदै ओलीले भने, विकास पनि हुन्छ।
प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम २५ वर्षअघि एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमकै नयाँ आयाम भएको बताए। ुसामाजिक सुरक्षा दायित्व र अधिकारको सम्मिश्रण हो। यो ढुकुटीबाट झिक्दै बाँड्ने होइन, ढुकुटीमा भर्दै बाँड्ने कार्यक्रम हो, प्रधानमन्त्रीले भने।
News Desk 0 response मङ्लबार, मंसिर ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



