• काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विवरण मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा यसै अवधिमा थप २४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    त्यसैगरी मंगलबार २ हजार ७९१ जना कोरोनामुक्त भएकोर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्कनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म बाँकी सक्रिय संक्रमितको संख्या देशभरि १७ हजार ८५९ पुगेका छन् । त्यस्तै कोरोना संक्रमणको आशंकामा देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना पुगेका छन् । नेपालमा अहिलेसम्म कुल १६ लाख ८१ हजार २९९ वटा नमूनाको पीसीआर परीक्षण भइसकेको छ ।