

-
प्रधानमन्त्री केपी शर्मा ओलीनै मन्त्री र सचिवको कामवाट असन्तुष्ट रहेका छन् । उनले मन्त्री र सचिवहरूलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका छन्। अहिले भईरहेको काम पटक्कै सन्तोषजनक नभएको ओलीको भनाई थियो ।
आर्थिक वर्ष २०७५ ०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समिक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर परिणामा चाहिने औल्याए ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारी लागि भएको बताएका छन्।
‘यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन्। कार्यान्वयनको राम्रै सुरूवात भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ।’
वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए।
‘सफल हुनका लागि सबै अवयवहरूलाई चुस्त बनाउनु पर्दछ। हरेक कुराको परिणाम देखिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन दिए।
सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
News Desk 0 response आइतवार, मंसिर ९, २०७५

सम्बन्धित शीर्षकहरु
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३



