

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।
ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ । साथै उहाँसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।
ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।
बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहनु भएका दुई व्यक्तिहरु सुशान राइस र सिनेटर क्रिस कून्सका बारेमा भने सिनेटको सुनुवाईमा धेरै जटिलताको सामना गर्नुपर्ने हुनसक्छ ।
राइसका बारेमा सिनेटमा रिपब्लीकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणका बारेमा राइसले दिएको अभिव्यक्तिका बारेमा रिपब्लीकन पार्टीले असन्तोष जनाउँदै आएको छ ।
सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरु र अन्य महत्वपूर्ण पदहरुमा सिनेटमा कडा प्रश्नहरुको सामना गर्नु पर्नेछ, र सुनुवाईमा पनि ढिलाई हुन सक्नेछ । तर जर्जिया राज्यमा आगामी जनवरी ५ मा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ ।
बाइडेनले आफ्नो मन्त्री परिषदमा हुने छनौटमा विशेष रुपमा अहिले ध्यान दिइरहनु भएको छ । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्य जस्ता पदहरु निकै महत्वपूर्ण हुने छन् । रासस/एपी
News Desk 0 response सोमवार, मंसिर ८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३



