• काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा मात्र ८ सय ९९ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यसरी संक्रमण पुष्टि हुनेमा ३ सय ८७ महिला र ५ सय १२ पुरुष रहेका छन् । यीमध्ये काठमाडौंमा ६ सय ८५, ललितपुरमा १ सय ६५ र भक्तपुरमा ४९ जना छन् ।

    २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभरबाट १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी यसै अवधिमा २ हजार ३ सय २३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । आज थपिएका नयाँ संक्रमितसहित देशभरमा सक्रिय संक्रमित २४ हजार ९ जना रहेका छन् भने कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।