• काठमाडौं । गएको २४ घण्टामा मुलुकभरबाट थप ५ सय २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । त्यसैगरी यस अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार २४७ पुगेको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र ३ सय ३९ जनामा संक्रमण भेटिएको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनामा संक्रमण देखिएको हो ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टाको अवधिमा २ हजार ८७८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म यसरी निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ । त्यस्तै बाँकी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ पुगेको छ भने देशभरी कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा ३ हजार ११२ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् भने नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १६ लाख १७ हजार २३ परीक्षणहरु गरिएका छन् ।