

-
काठमाडौं । गएको २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । त्यस्तै यसै अवधिमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्रै १ हजार ४ सय २० जना रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । यसरी थपिनेमा काठमाडौंमा १ हजार १ सय ४१, ललितपुरमा १ सय ९३ र भक्तपुरमा ८६ जना संक्रमित भएका हुन् ।
मन्त्रालयले विवरण अनुसार कुल संक्रमितमध्ये अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ भने मंगलबारमात्रै थप ८ सय ५३ कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकी सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना पुगेको मन्त्रालयले विवरणमा जनाएको छ । त्यसैगरी कोरोनाको आशंकामा हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


