

-
काठमाडौं । विगत २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयलले शनिबार सार्वाजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
त्यसैगरी आज थपिने नयाँ संक्रमितमा काठामाडौं उपत्यकाबाट मात्रै १ हजार ५१२ रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । यीमध्ये ६ सय २५ महिला र ८ सय ८७ पुरुष रहेका छन् । जसमा काठमाडौंमा १ हजार २ सय ९०, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ७७ जना छन् ।
कुल संक्रमितमध्ये हालसम्म १ लाख ५५ हजार ११४ जना कोरोनामुक्त भएका छन् भने शनिबार मात्र २ हजार २०६ डिस्चार्ज भएर घर फर्किएका छन् । त्यस्तै यस अवधिमा थप १७ को कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार ८७ पुगेको छ । मन्त्रालयको अनुसार बाँकी सक्रिय संक्रमितको संख्या अहिलेसम्म ३५ हजार ४३५ पुगेको छ । यस्तै कोरोना संक्रमणको आशंकामा हाल १ हजार १ सय ४४ जना क्यारेन्टाइनमा बसिरहेका छन् ।
News Desk 0 response शनिबार, कार्तिक २२, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


