• काठमाडौ । २४ घण्टामा देशभरबाट थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १३ हजार १४४ पीसीआर परीक्षण भएकोमा ३ हजार ३०९ नयाँ संक्रमित थपिएका हुन् । यिनमा १ हजार ३०४ महिला र २ हजार ५ पुरुष छन् ।यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

    त्यसैगरी यस अवधिमा थप ३० जनाको मृ्रत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ । बुधबार ३ हजार ८४४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । बाँकी सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । यस्तै अहिले क्यारेन्टाइनमा१ हजार ३०५ जना बसिरहेको मन्त्रालयले बताएको छ ।