

-
सरकारी कर्मचारीले नेपाल भनेकै काठमाडौं मात्र बुझेपछि समस्या आएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताएका छन् । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारीले सहयोग नगरेको आरोप लगाए ।
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले सरकार कर्मचारी समायोजनमार्फत सम्पूर्ण रास्ट्रसेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित भएको बताए ।
कर्मचारी खटाएको ठाँउमा जान नखोज्ने प्रवृत्ति पनि समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘प्रदेश नम्बर एकमा केही समयअघि एकजना सचिवलाई पठाइएको थियो ।
मन्त्री पण्डितले सरकार कर्मचारीको वृतिबिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको उल्लेख गर्दै जानेको र सक्ने काम आफै गर्न र नपन्छाउन कर्मचारीहरुलाई आग्रह गरे ।
मन्त्री पण्डितले कर्मचारीहरुले हाजिरसमेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको बताए ।
कर्मचारी धेरै भएकाले पनि सेवा सुबिधा बाड्नुपर्ने बाध्यता रहेको उनले बताए । तर, सरकार भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको उनले बताए । तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौंजत्तिकै सेवा र सुबिधा भएको हेटौंडामा पनि कर्मचारी जान नमानेको उनले गुनासो गरे ।
मन्त्री पण्डितले मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसके अवस्थाका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि उल्लेख गरे । ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिदा थिचिदा काम गर्न नसक्ने भएकालाइ हात जोडेर बिदा गरिगरिन्छ,’ उनले भने ।
News Desk 0 response सोमवार, मंसिर ३, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



