• काठमाडौं । विगत २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिएको विवरण अनुसार यस अवधिमा ९ हजार २७९ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । यीसँग नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । त्यसैगरी यसै अवधिमा थप २ हजार २६४ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।

    २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा गरी थप १७ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । मन्त्रालयका अनुसार बाँकी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ पुगेको छ । त्यस्तै अहिले देशभरका विभिन्न क्वारेन्टाइनमा २ हजार ४१० जना रहेका छन् ।