• काठमाडौं । विगत २४ घन्टामा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

    त्यसैगरी यस अवधिमा ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २४ घण्टाको अवधिमा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।