• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेट मिडिया ब्रिफिङमा सो संख्या बारे पुष्टि गरेका हुन् । त्यसैगरी यस अवधिमा थप १३ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको पनि उनले सो अवसरमा जानकारी दिएका थिए । उनका अनुसरी यीसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ भने मृतक संख्या ८४२ पुगेको छ । त्यस्तै आज थपिएका नयाँ संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

    मन्त्रालयका अनुसार यसै अवधिमा थप २ हजार ८४६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १३ हजार ८४६ वटा नमूनाको जनाको पिसिआर परीक्षण गरिएको छ भने यसरी हालसम्म १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् । त्यस्तै कोरोनाको आशंकामा हाल ३ हजार ३२२ जना क्वारेन्टाइनमा रहेका छन् ।