• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार १ हजार ६९८ कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा उपत्यकाका सहित मुलुकभरबाट थप २ हजार ९४२ जना संक्रमित भएका छन् । यस अवधिमा १४ हजार ८७५ पीसीआर परीक्षण भएका थिए । त्यस्तै २३ सय २६ जना कोरोनामुक्त भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । अहिले देशभर रहेका सक्रिय संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ ।