

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा नेपालमा ३ हजार १६७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेट अन्तर्गत शनिबारको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको बताए । उनका अनुसार यस अवधिमा १५ हजार ५३१ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १७ सय ४६ जना रहेका छन् । जसमा काठमाडौंका १४ सय ५१, ललितपुरका १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो । त्यसैगरी अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिए । तीमध्ये संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।
२४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ । मन्त्रालयका अनुसार यसैअवधिमा १ हजार ८०० जना कोरोनामुक्ता भएर डिस्चार्ज भएका छन् । यसरी निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ । त्यस्तै क्वारेन्टाइनमा चार हजार ७१५ जना छन् ।
News Desk 0 response शनिबार, कार्तिक १, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


