• काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा मात्रै १९ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीमध्ये काठमाडौंमा १६ सय ९२, ललितपुरकामा १०८ र भक्तपुरमा १३४ संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार ४ घण्टाको अवधिमा १६ हजार ५९८ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए ।

    यस अवधिमा उपत्यकाका सहित मुलुकभरबाट ३ हजार ७४९ जना संक्रमित थपिएको प्रवक्ता गौतमले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यस्तै ३ हजार ५६४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म कुल संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन् ।

    मन्त्रालयको अनुसार यस अवधिमा १९ जनाको मृत्यु भएको छ भने बाँकी सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना पुगेको छ ।