• काठमाडौं । भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा २ हजार २८३ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १४ सय १६ जना संक्रमित भएका थिए ।

    मन्त्रालयको नियमित कोभिड–१९ पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले उपत्यकाका सहित मुलुकभरबाट ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् । उनका अनुसार संक्रमितमध्ये १ हजार ५६५ महिला र २ हजार ४८२ जना पुरुष छन् । यसरी नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ७७ हजार २७७ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । बाँकी सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् ।