• काठमाडौं । विगत २४ घण्टा नेपालमा शनिबार एकै दिन अहिलेसम्म धेरै ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले उक्त संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

    कुल संक्रमितमध्ये अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेको प्रवक्ता गौतमले सो अवसरमा जानकारी दिए ।

    त्यसैगरी २४ घण्टाको अवधिमा १ हजार २२९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा थप १४ जनाको मृत्यु भएको छ । यीसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या संख्या ६ सय १४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।