• काठमाडौं । शुक्रबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेकोको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा थपिएका नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ ।

    यस अवधिमा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । बाँकी २७ हजार५३ जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताएका छन् । यीमध्ये ११ हजार १७६ संस्थागत आइसोलेशनमा छन् भने बाँकी १५ हजार ८७७ जना होम हाइसोलेशनमा रहेका छन् ।

    मन्त्रालयका अनुसार २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयको तथ्यांककमा उल्लेख गरिएको छ । त्यस्तै यस अवधिामा १३ हजार २७९ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ ।