• काठमाडौं । बुधबार नेपालमा अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबारको कोभिड–१९ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा १४ हजार २०९ नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमित थपिएको पुष्टि गरेका हुन् । उनका अनुसार अब नेपालका कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार १२६ जना कोरोनामुक्त भएका छन् । यसरी हालसम्म निकोहुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । बाँकी सक्रिय संक्रमितको संख्या अहिलेसम्म २५ हजार ७ जना रहेको छ । त्यस्तै यसै अवधिमा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ ।