

-
इजरायल र संयुक्त अरब ईमिरेट्स ९युएई० बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ ।
इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ ।
अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको शुरुमा कुटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुबै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँनयाँ योजना अघि सारिएका छन् ।
इजरायलसँग कुटनीतिक सम्बन्ध राख्ने युएई तेस्रो अरब राष्ट्र हो । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कुटनीतिक सम्बन्ध राखेका थिए । युएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।
अबुधाबीतर्फ प्रस्थान गरेको बिमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ट सल्लाहकार एवं ज्वाइँ जारेड कुश्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका छन् ।
इजरायली प्रमण्डलमा भने राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबात र विभिन्न मन्त्रालयका महानिर्देशकहरु रहेका छन् । दुबै प्रमण्डलले युएईका एमिरातसँग भेटघाट गर्नेछ ।
बिमानमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै जारेड कुश्नरले यस ऐतिहासिक उडानमा रहभागी हुन पाएकामा आभार व्यक्त गर्दै मध्यपूर्व समेतका अरु देशसँगको सम्बन्ध विकास गर्न यो ऐतिहासिक प्रस्थानविन्दु हुने विश्वास व्यक्त गरे । एपी
News Desk 0 response सोमवार, भदौ १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



