

-
काठमाडौं ।
सिंगापुरको नानयाङ प्राविधिक विश्वविद्यालयका नीति समाजशास्त्र विषयका अवकाशप्राप्त प्राध्यापक ग्यारी लिटले भने ‘शासन संचालनका सिलसिलामा नेतृत्वले अलोकप्रिय निर्णय पनि लिनुपर्ने हुन्छ। सिंगापुरमा मन्त्रीहरूको तलव संसारकै सबैभन्दा धेरै बनाउँदा विरोधको सामना गर्नुपरे पनि त्यहाँका नेता ली क्वान यूले तलवको जवाफदेहिता जनता सामु प्रस्तुत गर्ने र भ्रष्टाचार रोक्न आफ्नो कदम सहयोगी हुने विश्वास आफ्ना नागरिकलाई दिएका थिए।’
News Desk 0 response मङ्लबार, अशोज २, २०७५
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘सिंगापुर परिवर्तनको कथा तेस्रो विश्वबाट पहिलो विश्वतर्फ नेपालका निम्ति नीतिगत पाठहरू’ विषयक एक कार्यक्रममा प्राध्यापक ग्यारीले सन् १९६५ मा स्वतन्त्र हुँदा अत्यन्त गरिव र कमजोर रहेको सिंगापुरले त्यहाँका प्रधानमन्त्री ली क्वान यूको नेतृत्वमा कसरी अपत्यारिलो समृद्धि हासिल गर्यो भन्ने विषयमा बताए। वेलायती उपनिवेशबाट स्वतन्त्र हुँदा सिंगापुरको आफ्नो सेना, शासकीय संरचना वा कर्मचारीतन्त्र थिएन। शून्यबाट राष्ट्र निर्माण सुरु गरेर ली क्वान यूले समृद्ध सिंगापुर बनाउने यात्रामा भ्रष्टाचारविहीन अर्थव्यवस्था, योग्यतामा आधारित राज्य संरचना र अनेकतामा एकताको बलियो आधारशिला तयार गरेको प्राध्यापक ग्यारीको कथन थियो। समृद्धिको बाटोमा हिँड्न आतुर नेपाल जस्ता राष्ट्रका निमित्त कानुनको शासन, सक्षम कर्मचारी प्रशासन, भ्रष्टाचारविरुद्ध निरन्तर लडाइँ तथा राजनीतिक र सामाजिक स्थायित्व महत्त्वपूर्ण हुने ग्यारीले बताए। सिंगापुरमा विभिन्न समुदायको प्रतिनिधित्वका लागि कानुनी व्यवस्था भए पनि त्यहाँको प्रगतिको पहिलो आधारशिला योग्यतामा आधारित सरकारी संरचनाको निर्माण भएको प्राध्यापक ग्यारीको कथन थियो। प्राकृतिक स्रोतको अभावलाई चिर्न सिंगापुरले राज्यस्तरबाट आफ्ना नागरिकको प्रगतिमा ठूलो आर्थिक र बौद्धिक लगानी गरेको उनको भनाइ छ। ली क्वानु यूले उठाएका विभिन्न सुधारात्मक कदमका उदाहरण दिँदै प्राध्यापक ग्यारीले साना र ठूला दुवै प्रकारका नीतिगत सुधारले जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने स्पष्ट पारे।

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



