

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् ।
राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् ।
ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो ।
राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट पारे ।
ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताए । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता रहेका छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।
तर अमेरिकी अधिकारीहरुले लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रहेको दाबी गर्दै आइरहेका छन् ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ ।
राष्ट्रपति ट्रम्पले भने, “मैले सेप्टेम्बर १५ सम्मको म्याद दिएको छु, त्यस समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्तराज्य अमेरिकामा बन्द हुन्छ ।” रासस/एएफपी
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



