

-
मियामी । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ ।
बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आँधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।
फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आँधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गरेका छन् । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ ।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गरे ।
अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।
News Desk 0 response आइतवार, साउन १८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



