

-
वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरको व्यक्तिहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेका हुन् ।
यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट पनि गरेको भन्दै त्यसको विरोध गरेका छन् ।
उनलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरु माथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन ।
सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताएको अमेरिकी टेलिजिभन सिएनएनले जानकारी दिएको छ ।
अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्व राष्ट्रपति ओबामाले लगाएका छन् ।
केही सयम अघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो । रासस/एएनआई
News Desk 0 response शुक्रबार, साउन १६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



