

-
खोटाङ । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।
पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पाठ्यपुस्तक नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किराँत राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, परिषद्का सदस्य सचिव एवं भाषाविद् डा तारामणि राई, लोहोरुङ राई समाजका अध्यक्ष चित्रबहादुर लोहरुङलगायतले संयुक्तरुपमा विमोचन गरेका छन् । खोटाङ, सोलुखुम्बु, उदयपुरलगायत जिल्लाका नाछिरिङ राईको बाहुल्य रहेको विद्यालयमा पठनपाठन गर्न पाठ्यपुस्तक तयार पारिएको साखामका केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताए ।
विसं २०७६ जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यपुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यपुस्तकसँगै विमोचन गरिएको छ । विसं २०७६ देखि सोलुखुम्बुको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन शुरु गरिएको छ ।
विसं २०६८ सालको जनगणनानुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसङ्ख्या १० हजार ४१ रहेको छ । उदयपुरमा पनि एउटा विद्यालयमा नाछिरिङ भाषामा पठनपाठनको तयारी भइरहेको साखामका महासचिव गान्दिभ किराँतीले बताए ।
लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एवं संवद्र्धनको लक्ष्यका साथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको साखामले जनाएको छ । स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्य रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठनका लागि समितिले पाठ्यक्रम तयार पारिसकेको छ ।
भाषाविद् डा तारामणि राईको परामर्शमा पाठ्यक्रम निर्माण समिति र नाछिरिङ राई भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला÷गोष्ठीपश्चात पाठ्यक्रमलाई अन्तिम रूप दिइएको जनाइएको छ । विसं २०७५ मङ्सिर १४ गते ३५ भन्दा बढी नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित भाषाको पाठ्यक्रम निर्माण शुरु गरेको थियो ।
नाछिरिङ राई भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक विकासका साथै सामाजिक तथा सांस्कृतिक संरक्षण तथा संवद्र्धनको लक्ष्यकासाथ पाठ्यक्रम निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिका संयोजक नाछिरिङले बताए । सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ ।
यसबाहेक सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेह्रथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानाडालगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सङ्घीयता लागू भएपछि विभिन्न जातजातिका पाठ्यक्रम तयार गर्ने काम भइरहेको छ । रासस
News Desk 0 response आइतवार, साउन ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



