

-
काठमाडौं । सडक विभागले भोटेकोसी नदीमा आएको बाढीबाट ध्वस्त भएका सडकखण्डको विकल्प सडकहरू सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक विजय जैसीले रसुवागढीसम्म पुग्ने ८२ किमि सडकमध्ये ४० किमि पूर्ण रूपमा क्षति भएको उल्लेख गरे । उनले क्षति भएको सडकको वैकल्पिक बाटोहरू तयार गरिरहेको जानकारी दिए ।
गल्छी–बेत्रावती सडकखण्डको ठूलो पुलतर्फको बेत्रावतीदेखि देवीघाटसम्म बाटो खुलाउने कार्य भइरहेको तथा पृथ्वी राजमार्गको गल्छी–बैरेनी–जरीखेत–पोखरे–बांगेखेत–गलौतीखण्ड खुलाउने काम सकिएको उनले बताए ।
बाढीले रसुवासम्म जोड्ने सडकका ३१ वटा पुलहरू बगेको थियो । जसमा विभागले तीनवटा बेलिब्रिज राख्ने काम हिजोबाट सुरु गरेको छ । जैसीका अनुसार, देवीघाटको तादीखोला पुलमा ५० मिटरको बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा पनि काम सुरु भइसकेको छ । अन्य बगेका २० वटा पुलहरूमा सर्भे भइरहेको उनले जानकारी दिए ।
धादिङबेँसीको फुर्केखोला पुल भाँचिएकोमा त्यसको विकल्पका लागि मास्टार भन्ने ठाउँबाट वैकल्पिक बाटो बनाइएको छ भने त्यसमार्फत त्रिशूली बजार पुग्न गल्छीको बाटो प्रयोगमा ल्याइएको छ ।
बेत्रावती–धुन्चे सडक जोड्न विदुरदेखि बेत्रावतीसम्म १० किलोमिटर सडकअन्तर्गत ४ किलोमिटर त्रिशूलीले बगाएको थियो । जसमा ७ किमि बनाइसकेको विभागले जनाएको छ ।
बेत्रावतीमा सडक स्थापना सकिएपछि बेलीब्रिज हालेर सवारी आवतजावत गराउने तयारी भइरहेको महानिर्देशक जैसीले बताए ।
त्यस्तै, काठमाडौंको टोखाबाट धुन्चेसम्म जाने ११० किमिको वैकल्पिक बाटो प्रयोगमा आएको छ । कृष्णभीरतर्फको बाटो पनि खुलाउन छलफल गरिरहेको विभागले जनाएको छ ।
सडक भत्किएसँगै ग्यास तथा तेल अभाव हुन नदिन विभागले तराइबाट ग्यास बुलेट र तेल ल्याउन त्रिभुवन राजपथ र कान्ती लोकपथ प्रयोग गरिएको जनाएको छ ।
बाढीबाट क्षति पुगेका ५३ वटा झोलुंगे पुलमध्ये २० वटा भोलिबाट मर्मत गरिने र ३३ वटा बन्न समय लाग्ने देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार, पहिलो चरणमा पाँच स्थानमा झोलुंगे पुल मर्मत गरिनेछ । जसमा एउटा विदुर(१ को त्रिशूलीको इन्द्रयणीमा राखिएको छ । त्यस्तै, देवीघाट बेलकोटगढीमा तुइन, बेत्रावतीमा र रसुवाको दुई ठाउँमा झोलुंगे पुल राखिने विभागले जनाएको छ ।
पुननिर्माणमा जानुपर्ने ३३ वटाका लागि भारतबाट लठ्ठा मगाउनुपर्ने भएर केही समय लाग्न सक्ने महानिर्देशक जैसीले बताए ।
सडक विभागले हाल अस्थायी रूपमा सडक सञ्जाल खुलाउन आकस्मिक बैठक बसेर ३ करोड ५० लाख बजेट विनियोजन गरेको र सोबाटै खर्च गर्दै आएको जनाएको छ ।
अन्य आवश्यक रकम योजनाअन्तर्गतको विनियोजित बजेटबाट खर्च गर्न दिन सहमति गरेको जनाएको छ । यसका लागि विभागका ५० जना प्राविधिकहरूले फिल्डमा काम गरिरहेका जानकारी दिइएको छ ।
झोलुंगे पुल मर्मतका लागि १५ करोड बजेट विनियोजन गरेर खर्च गरिरहेको छ भने ४० करोडसम्म लाग्ने अनुमान गरिएको छ । उक्त मर्मतको काम २५ दिनभित्र सकिने विभागको अनुमान छ ।
News Desk 0 response मङ्लबार, भदौ १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
चीनको सहजीकरणपछि सान्जेन जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति..
मङ्लबार, भदौ १६, २०८३ -
रसुवागढीसम्म जाने वैकल्पिक बाटोहरू तयार हुँदै छन्..
मङ्लबार, भदौ १६, २०८३ -
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३ -
रसुवा बाढी : राहत सङ्कलन र वितरण..
सोमवार, भदौ १५, २०८३ -
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो..
सोमवार, भदौ १५, २०८३
-
चीनको सहजीकरणपछि सान्जेन जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति..
मङ्लबार, भदौ १६, २०८३ -
रसुवागढीसम्म जाने वैकल्पिक बाटोहरू तयार हुँदै छन्..
मङ्लबार, भदौ १६, २०८३ -
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३ -
रसुवा बाढी : राहत सङ्कलन र वितरण..
सोमवार, भदौ १५, २०८३ -
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो..
सोमवार, भदौ १५, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३



