• काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार उनलाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

    भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ।

    ‘उहाँले ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई बनाइदिएको आरोप छ,’ एसएसपी जबराले भने।