• काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गरेको छ ।

    बिहीबार (असार ३२) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरूको सरूवाको निर्णय गरेको हो ।

    यस्तै, विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न परिषद्ले परामर्श समेत दिएको छ । आचार्य उच्च अदालत तुलसीपुरमा कार्यरत छन् । यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारलाई तोक्न समेत परिषद्ले सिफारिस गरेको छ ।

    यस निर्णयअनुसार यमुना भट्टराईको उच्च अदालत पोखरा, बागलुङ इजलासमा र विपुल न्यौपानेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सरुवा भएको छ। त्यसैगरी नातिबाबु लामिछानेलाई उच्च अदालत विराटनगर, इलाम इजलासमा, सुदर्शन देव भट्टलाई उच्च अदालत सुर्खेतमा, जनक पाण्डेलाई उच्च अदालत पाटन, हेटौंडा इजलासमा र बासुदेव आचार्यलाई उच्च अदालत तुलसीपुरमा सरुवा गरिएको छ।

    सूचीमा रहेका अन्य न्यायाधीशहरूमा डा. शान्ता सेढाई सापकोटाको उच्च अदालत दिपायल (दरबन्दीमात्र सारिएको) र ध्रुवराज नन्दको उच्च अदालत पाटनमा सरुवा भएको छ। साथै टंकप्रसाद गुरुङको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा, हरिप्रसाद पौडेलको उच्च अदालत पोखरामा, राज्यलक्ष्मी बज्राचार्यको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा, रमेश ढकालको उच्च अदालत जनकपुर, राजविराज इजलासमा, नारायणप्रसाद पौडेलको उच्च अदालत जनकपुर, राजविराज इजलासमा (दरबन्दीमात्र सारिएको) र नीलम पौडेलको उच्च अदालत पाटन, हेटौंडा इजलासमा सरुवा भएको छ।

    साथै विमल सुवेदीको उच्च अदालत जनकपुरमा, डालकुमार खड्काको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा, किरणकुमार पोखरेलको उच्च अदालत पाटन, हेटौंडा इजलासमा, सुदर्शनराज पाण्डेको उच्च अदालत जनकपुरमा, दीपेन्द्र अधिकारीको उच्च अदालत सुर्खेतमा, राजुराम सिलवालको उच्च अदालत पाटनमा, मेरिना श्रेष्ठको उच्च अदालत विराटनगरमा, रेखा थापा पाण्डेको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा, किरणकुमारी गुप्ताको उच्च अदालत जनकपुर, राजविराज इजलासमा, ममता खनालको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा र जगदीश घिमिरेको उच्च अदालत पाटन, हेटौंडा इजलासमा सरुवा भएको छ।

    यसैगरी सागर विष्टको उच्च अदालत विराटनगर, इलाम इजलासमा, निर्मला शाक्यको उच्च अदालत जनकपुरमा, खडानन्द तिवारीको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा, कृष्णराम कोइरालाको उच्च अदालत पोखरामा, काजीबहादुर राईको उच्च अदालत जनकपुर, राजविराज इजलासमा, नारायण प्रसाद रेग्मीको उच्च अदालत विराटनगरमा, सुशिल कोइरालाको उच्च अदालत दिपायलमा, अच्युतम कुमार आचार्यको उच्च अदालत पाटनमा र विष्णुप्रसाद अर्यालको उच्च अदालत पाटनमा सरुवा भएको छ।

    सूचीका अन्य नामहरूमा सूर्यप्रसाद पराजुलीको उच्च अदालत पोखरामा, डण्डपाणि शर्माको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा, उमेश कोइरालाको उच्च अदालत पाटनमा (दरबन्दीमात्र सारिएको), मातृकाप्रसाद भण्डारीको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा, नरबहादुर खड्काको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा, सरला मोक्तानको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा, नरेशकुमार चौधरीको उच्च अदालत जनकपुर, राजविराज इजलासमा, माधव धितालको उच्च अदालत पाटनमा र हरिराज कार्कीको उच्च अदालत पाटनमा सरुवा भएको छ।

    अन्त्यमा, तेजनारायण पौडेलको उच्च अदालत पोखरा, बागलुङ इजलासमा, दलबहादुर के.सी. को उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा, प्रकाशचन्द्र अधिकारीको उच्च अदालत विराटनगरमा, उद्धवप्रसाद भट्टराईको उच्च अदालत पाटनमा, खड्गराज अधिकारीको उच्च अदालत विराटनगरमा, कोमलबहादुर खत्रीको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा र श्यामकुमार विश्वकर्माको उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा गरिएको छ।