

-
काठमाडौं : परराष्ट्र मन्त्रालयले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण गर्ने भएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउन नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए। मन्त्रालय र राहदानी विभागले यसको तयारी करिब पूरा गरिसकेका छन्। प्रणाली परिवर्तनको सुरुवाती समयमा केही सामान्य प्राविधिक समस्या आउन सक्ने भए तापनि सेवालाई नियमित र सुचारु राख्ने प्रवक्ता क्षेत्रीले बताए । राहदानी सेवालाई थप प्रभावकारी बनाउन सरकारले मुख्यतया तीनवटा कदम चालेको छ।
द्रुत वितरण: छापिएका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।
जुनसुकै स्थानबाट आवेदन: सेवाग्राहीले जो जहाँ भए पनि आफ्नो पायक पर्ने वा नजिकको जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गरिएको छ।
प्रविधिमैत्री सेवा: राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र जनमैत्री बनाउन मन्त्रालय र राहदानी विभागले प्रतिवद्धता जनाएका छन्। यो नयाँ व्यवस्था लागू भएपछि नागरिकले राहदानी बनाउन आफ्नै गृहजिल्ला पुग्नुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह अझ प्रभावकारी हुने सरकारको विश्वास छ।
News Desk 0 response शुक्रबार, असार २६, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



